२१ जिल्लामा न्यायाधीश पदको लागि दरखास्त आह्वान

काठमाडौँ । न्याय सेवा आयोग परीक्षा महाशाखाले २१ जिल्लामा जिल्ला न्यायाधीश पदको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन गर्न दरखास्त आह्वान गरेको छ। नेपालको संविधानको धारा १४९ उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन सक्नेछन्।

लिखित परीक्षा काठमाडौँ उपत्यकामा मात्र लिइनेछ भने परीक्षा केन्द्रहरू पछि सूचनाद्वारा सार्वजनिक गरिनेछ। परीक्षा पत्रहरूमा विधिशास्त्र, देवानी कानून र देवानी कार्यविधि, फौजदारी कानून र फौजदारी कार्यविधि, साथै मिसिल अध्ययन र समस्या समाधान समावेश छन्।

यस्तो छ सूचना

Naya sewa

 

Related posts