नयाँ मन्त्रीहरुको सपथ आज हुने

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन्। आइतबार बसेको मन्त्रिपरिाषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका एक कर्मचारीका अनुसार अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ । यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस आएको ती कर्मचारीले जनाकारी दिए ।

उनका अनुसार सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार हुनेछ ।

Related posts