काठमाडौँ, असोज १०। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ ।
आयोगले क्षतिसम्बन्धी विवरण पुष्ट्याई गर्ने, कागजातरश्रव्यदृश्य सामग्रीलगायत अन्य कुनै प्रमाण भएमा संलग्न गरी आयोगको कार्यालय आयोगको इमेल ठेगाना sep8and9incident.ic@gmail.com मा पठाउन सकिने जनाएको छ । यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यहरुमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी हुनुहुन्छ । यो आयोगको कार्यअवधि तीन महिनाको छ ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छभने धनको क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।






