काठमाडौँ, असोज १०। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो । सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत्सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गर्नुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

साईबर अपराध न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
२०८० माघ १२ | मध्यान्ह ०५:१० बजे
म्याग्दीमा ‘प्रकृतिको साथी’ लाटोकोसेरो संरक्षण अभियान
२०८१ मंसिर ३० | बिहान ०६:०८ बजे
आज सोनाम ल्होसार, देशैभर सार्वजनिक बिदा
२०८१ माघ १७ | बिहान ०६:१० बजे


