आज कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

 

Related posts