पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्रीको चासो

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सोमबार योजना आयोग र पर्यटन मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो भएको छलफलमा उनले योजना आयोगसँग राष्ट्रिय आयोजनाहरूको प्रगति, चुनौती र वर्तमान अवस्था सम्बन्धमा जानकारी लिएकी हुन्।

त्यसैगरी, पर्यटन मन्त्रालयसँगको छलफलमा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा पर्यटन विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारका सीमित कार्यकालभित्र महत्त्वपूर्ण राष्ट्रिय योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिने संकेत दिएकी छन्।

Related posts