किशोरी प्राथमिकता कार्यक्रमले ल्याउँदै कुप्रथामा न्यूनिकरण

‎बाजुरा, कार्तिक ५ । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन हुँदै आएको किशोरी प्राथमिकता कार्यक्रमले गाउँ बस्तीमा हुने गरेका सामाजिक कुप्रथालाई न्यूनिकरण गर्दै आएको छ ।

महिला विकास मञ्च बाजुराले २०७६ साल देखि यहाँ सात वटै वडामा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो। संस्थाले कार्यक्रम सञ्चालन भएको एक वर्षमै यहाँ हुने गरेका जातीय विभेद छुवाछुत छाउप्रथा बालविवाह लैगिक हिंसा लगायतका सामाजिक कुप्रथालाई न्यूनिकरण आएको महिला विकास मञ्च बाजुरालृ जनाएको छ ।

महिनावारी  भएको बेला यहाँका किशोरीहरुले विद्यालय जान पाउँदैन थिए । घरको कोठामा पनि सुत्न दिदैन थिए । अहिले यो कार्यक्रमले विद्यालय जान त के महिनावारी हुँदा घरकै कोठामा सुत्न सहज गरेको खप्तड छेडेदह गाउँपालिका ५ डोगडी की किशोरी कलवकी संयोजक पवित्रा बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ महिनावारी भएका बेला गाई भैसीको शरिरमा छुन समेत नपाएका महिलाहरुले अहिले दहि दुध महि जस्ता पोषिला खानेकुरा समेत खान पाएका छन् । ” बाल कलव , किशोर तथा किशोरी कलवकै कारण गाउँ समाज गैरदलितले दलित माथि गरिने जातीय विभेद र बालविवाह समेत न्यनिकरण भएको बुढाले बताउनुभयो ।

‎सामाजिक रुपान्तरणका लागि किशोरी कार्यक्रम निकै प्रभावित भएको महिला विकास मञ्च बाजुराका सहजकर्ता देबबहादुर सेरालाले बताउनुभयो । उहाँले भन्नुभयो , “ गाउँमा भएका हुने गरेका सामाजिक कुप्रथा समेतमा कमी आएको छ । पहिला यहाँका बालबालिकाहरुले पढ्न छोडेर सानै उमेरमा विवाह गर्ने गथ्र्ये  । ”

अहिले यहाँका बालबालिकाहरुको पढेर केही गर्छु । यसका लागि हामीले पढ्नु पर्छ । सानै उमेरमा विवाह गर्दा किशोर किशोरी दुवैको स्वास्थ्यमा असर पर्छ । त्यसैले हामीले सानै उमेरमा विवाह गर्नु हुँदैन भन्ने जस्ता सोच गर्ने गरेको सेरालाले बताउनुभयो । सामाजिक कुप्रथा न्यनिकरण गर्नका लागि यहाँका सात वटै वडामा ९२३ कलव गठन गरिएका छन् । जसमा २५ वटा किशोर २८ किशोरी र ८ वटा बालसमुह गठन गरेका छौ । किशोर १७५ किशोरी ५८८ र बालसमुहमा १६० गरी ९२३ जना बालबालिकाहरु कार्यक्रममा समेटिएको महिला विकास मञ्च बाजुराका प्रमुख उजा विष्टले बताउनभुयो ।

उहाँले भन्नुभयो, “यहाँका किशोरीहरुलाई प्रत्येक शनिवारमा दुइ घण्टा तथा किशोर र बालबालिकाहरुलाई प्रत्येक महिनाको एक पटक  सामाजिक कुप्रथाका बारेमा प्रशिक्षण गर्ने गरेका छौ । उनीहरुले त्यहाँ सिकेको कुरालाई घरमा गएर आफ्ना अभिभावकहरुलाई सयेर गर्छन् । अभिभावकले पनि उनीहरुको कुरामा सहमति जनाउँदै आएका छन् । ” बाल कलव , किशोर र किशोरी समूहले समाज सुधार गर्नका लागि खेलेको भुमिकाले नै अहिले समाजमा हुने गरेका सामाजिक कुप्रथा न्यूनिकरण हुँदै गएको हो । कार्यक्रम सञ्चालन पछि अहिेले खप्तड छेडेदह गाउँपालिकामा झण्डै ७५ प्रतिशत समाजिक कुप्रर्थामा न्यूनिकरण आएको महिला विकास मञ्च बाजुराका प्रमुख विष्टले बताउनुभयो ।

Related posts