काठमाडौंमा भिडभाडजन्य गतिविधिहरु नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समयमा भिडभाडजन्य क्रियाकलापहरु बढ्न थालेपछि यस्ता गतिविधिहरु नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेको बेलामा पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले कोरोनाको संक्रमण दर अझैं बढ्ने बताएको छ।

यस्ता क्रियाकलापले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले आग्रह गरे ।

प्रशासन कार्यालयको सूचनामा भनिएको छ `जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ’।

Related posts