काठमार्डौँ, कात्तिक १४। मनाङको तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ पर्यकको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । दुई चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक हिमपातका कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका उहाँले बताउनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सुनसरी–४ मा कांग्रेसको अग्रता कायम
२०७९ मंसिर १४ | बिहान ०९:०८ बजे
पहिरा खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
२०८३ भदौ २१ | बिहान ०९:०५ बजे
“सेवाकाईमा एक अगुवाको परिचय” – भाग २
२०७७ माघ २० | मध्यान्ह ०६:१० बजे


