पश्चिम नवलपरासीको गेरमामा हनुमान मन्दिर स्थापना

सुरेश यादव,
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नं ०५ गेरमामा हिजाे हनुमानको मुर्ति संगै मन्दिर स्थापना भएको छ ।

हिन्दू धर्मअनुसार भगवान रामको दूत मानिने हनुमानको मुर्ति स्थापना गरी मन्दिर बनाइएको छ। हिजाे पाल्हिनन्दन गाउँपालिकाको वार्ड नम्बर ०५ को गेरमा हुँदै सिसवा, पाल्ही भगवती मंदिर, विष्णुपुराको ठाकुर मंदिर हुँदै हरदी, गेरमी हुँदै गेरमाको मन्दिर प्रांगणमा पुगि बिभिन्न धार्मिक स्थलको पूजन गरी मुर्तिको स्थापना गरिएको स्थानिय रामबहादुर कुर्मीले जानकारी दिनुभयाे ।

मुर्ति तथा मन्दिर स्थापनामा स्थानीय समाजसेवी बैजनाथ कुर्मीको सहयाेग तथा निज कै हातबाट नव निर्मित हनुमान मन्दिरमा मुर्तिको स्थापना एवं उद्घाटन गरिएको हो ।

कार्यक्रममा समाजसेबी रामानन्द तिवारी, राजेन्द्र गुप्ता, प्रेमसागर चौधरी, शिवकुमार रौनियार, रामबहादुर कुर्मी लगायतका सम्पूर्ण गेरमा स्थानीयकाे सहभागिता रहेको थियो।

Related posts