बागमती, मङ्सिर ९ । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छनभने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् ।गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताउनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

गैंडाकोटको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी
२०७९ जेष्ठ ४ | बिहान ०७:०२ बजे
सिरहाको बेल्हामा मदरसा नजमुल होदा अल साफियाद्धारा कन्फरेन्स सुरु
२०७७ चैत्र १४ | बिहान ११:१२ बजे
विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काट्यो
२०८० पुस ७ | बिहान १०:०९ बजे


