काठमाडाैँ । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा हजारौं विस्थापित मानिसहरूले इजरायली इकाईको दुई वर्ष लामो युद्ध पछि हालको चिसो मौसमको लागि सुरक्षित आश्रय खोज्न सङ्घर्ष गरिरहेको बुधबार उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले हिजो गाजाका धेरै परिवारहरू बाढीको जोखिममा रहेको उल्लेख गर्दै उनीहरु कमजोर तथा सुविदा विहिन आश्रयस्थलहरूमा बसिरहेकाले खराब मौसमको अत्यधिक जोखिममा रहेको चेतावनी दिए ।


