कांग्रेस बाजुरा-काठमाडौं सम्पर्क समितिको पहिलो वैठक सम्पन्न

बाजुरा , मंसिर २३ । नेपाली कांग्रेस बाजुरा-काठमाडौं सम्पर्क समितिका सभापति विरेन्द्रराज गिरीको सभापतित्वमा सम्पर्क समितिको पहिलो वैठक अनामनगर, काठमाडौंमा सम्पन्न गरिएको छ । जिल्ला कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका छन । क्रियाशील सदस्यता नविकरण र वितरणमा सक्रिय सहभागिता र सहजिकरण गर्न अनुरोध गर्दै प्रेश विज्ञप्ति जारी गरेको छ।

‎वैठकको निर्णयहरु नेपाली काग्रेस जिल्ला कार्यसमितिको गत मंसिर १६ गते को निर्णय अनुसार नेपाली कांग्रेस बाजुरा काठमाडौं सम्पर्क समितिको तदर्थ समिति गठन गरी जिम्मेवारी प्रदान गरेकामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति लाई सम्पर्क समिति स-धन्यवाद सहित हार्दिक आभार व्यक्त गरेका नेपाली कांग्रेस बाजुरा-काठमाडौं सम्पर्क समिति सचिव अर्जुन पाण्डेले बताउनुभयो ।

नेपाली कांग्रेस को १५ औं महाधिवेशन र ७ औं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेपाली कांग्रेस बाजुरा काठमाडौं सम्पर्क समिति आफ्नो सम्पूर्ण  सदस्यहरू लाई पार्टीको क्रियाशील नविकरण र नयाँ क्रियाशील वितरण अभियानमा सक्रिय सहभागिता जनाउदै नेपाली कांग्रेस बाजुराका तहगत संरचना संग समन्वय र सहजीकरण गरी आ-आफ्नो वडामा केन्द्रित रही अगाडि बढ्न आग्रह गरेको पाण्डेले बताएको छ ।

Related posts