सिरियामा आईएसको आक्रमणमा तीनजना अमेरिकीको मृत्यु

वासिङ्टन डिसी । अमेरिकी सेन्ट्रल कमाण्डले सिरियामा इस्लामिक स्टेट (आईएस) का एक बन्दुकधारीले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक अनुवादकको मृत्यु भएको जनाएको छ।अधिकारीहरूका अनुसार, यस हमलामा अन्य तीन अमेरिकी सैनिक घाइते भएका छन्। आक्रमणका क्रममा हमलावर पनि मारिएका छन्।

 
 
 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा यो अमेरिका र सिरियाविरुद्ध आईएसआईएसको हमला भएको लेखेका छन्। उनले यसको ‘धेरै कडा जवाफ’ दिइने बताएका छन्।

 

सिरियाको सरकारले पनि यस हमलाको निन्दा गर्दै एक वक्तव्य जारी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले मृतकहरूको परिवारलाई जानकारी दिएपछि मात्र २४ घण्टाभित्र उनीहरूको पहिचान सार्वजनिक गरिने बताएको छ।

Related posts