गाउँपालिका । १ अन्तर्गत पर्ने बलुइया खोलामा विगत करिब १० दिनदेखि अवैध रूपमा बालुवा तथा ग्राभेल निर्बाध रूपमा निकासी हुँदै आएको पाइएको छ ।
खोलामा रहेको झोलुङ्गे पुलको करिब २०० मिटर उत्तर र करिब ४ सय मिटर दक्षिणतर्फ दिनदहाडै उत्खनन भइरहेको छ । स्थानीयका अनुसार अवैध उत्खनन लामो समयदेखि चलिरहँदा पनि सम्बन्धित निकायले कुनै चासो देखाएका छैनन् । ईलाका प्रहरी कार्यालय गणेशपुरको गस्ती टोली तथा घुमुवा निरन्तर सो क्षेत्र आसपास हिँड्ने, त्यस्तै सशस्त्र प्रहरी र बन विभागको समेत नियमित गस्ती हुने गरेको भए पनि अवैध निकासी रोकिएको छैन ।






