मेरो सुदर “दारेपा” गाउँ स्वर्ग जस्तो

दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब ११५ कि•मी उत्तर-पश्चिम तर्फ हालको कालिञ्चोक गाऊपालिका २नं वडा स्थित आफ्नै ऐतिहासिक पृष्टभुमी बोकेको “दारेपा” गाऊ रहेको छ।

दारेपा नाम( दारिम+पाङ) दारिम (फल) बिरूवाको नामबाट रहन गएको हो।विशेष:त यहा समुदायको हिसाबले “थामी” थर मध्यको ‘ग्याल्भा आक्याङ्मी’ (उपथर)मात्र मानिसको बसोबास रहेको छ।धनक्याप,मनक्याप,कुचूक्याप (तिनभाई) को प्रमाणिक तेर्ह(१३)पुस्ता उभोदेखि हाल बढ्दो क्रममा २३५जनसङख्यामा ५२ घरधुरी रहेको छ।

यहाँका मानिसहरू धर्मको नामगरि संस्कारगत”कुल/भुमि पुजा,तथा बृहत बौन संस्कार” मान्दछन्।मुख्य चाडको रूपमा भुमे-उधौली, च्युर्कुन देवा,नेम/बार्ह देवा,सिइदी देवा,बुडेनी देवा,’सातकोईले/पाचकोईले नैया’ देवा मान्दछन्। र बिशेष गरी बालोकमा ‘फुलपाति गर्दा ‘अर्जुन/भिमसेन/ मण्डल’बुझाई ,त्यसको २दिनपछि बोक्या कापु(मेसे,कुल्ना,)खुवाउने र अर्जुन भिमसेनको ऐतिहासिक लोकेकथा र थाङ्मी पालोखे सुनाउने प्रचलन रहेको छ।यहा थामीहरूको आफ्नै भाषा आमामार्फत सिकोगरिन्छ र चलनचल्ति अनुसारकै भेषभुषा लगाइदै आइएको यथार्थ छ।

लेखक :- मान बहादुर थामी ( रोहित)

Related posts