बोन्डी बिच आक्रमण : गुप्तचर निकायहरूको समीक्षा गर्दै अस्ट्रेलिया

क्यानबेरा । गत हप्ताको बोन्डी बिच आक्रमणपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् । ‘गत आइतबारको आइएसआइएस प्रेरित आतङ्कवादी आक्रमणले हाम्रो देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा अवस्थालाई  प्रकाश पार्छ’ अल्बानिजले भने ।

उनले इस्लामिक स्टेट समूहलाई जनाउन आइएसआइएस शब्द प्रयोग गरेका थिए।  ‘हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिनका लागि उत्तम सम्भव स्थितिमा हुनुपर्छ’ अझ अगाडि अल्बानीजले भनेका छन् ।यहुदी बिदाको समयमा सिड्नीको समुद्र तटमा दुई बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यस घटनामा १५ जनाको मृत्यु भएको थियो। 
 
अस्ट्रेलियाले मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आइतबार राष्ट्रिय शोक समारोह मनाउँदै छ । कडा सुरक्षाबिच साँझ ६ ः ४७ बजे एक मिनेट मौन धारण गरिनेछ । तीन दशकमा अस्ट्रेलियामा यो पहिलो यस्तो घटना थियो ।  सरकारले बन्दुक स्वामित्वसम्बन्धी नियमहरू कडा बनाउने योजना बनाएको बताएको छ । 

Related posts