नारायणगढ (चितवन), पुस १३। चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित बनभोज खुवाइएको छ ।महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार, अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवान्को रुपमा पूजन गरिएको हो । धार्मिक गुरुहरूको उपस्थितिमा फूल माला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति भण्डारी
२०७९ कार्तिक १३ | बिहान ०७:०७ बजे
प्रेस युनियनको राष्ट्रिय महाधिवेशन चाँडो सम्पन्न गर्न माग
२०७९ जेष्ठ १४ | बिहान ०७:०२ बजे
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
२०८२ असार ४ | बिहान ०५:०३ बजे


