
दुबई — परदेशको व्यस्त जीवनबीच नेपाली स्वादको खोजीमा रहेका प्रवासी नेपालीहरूका लागि ‘नाङ्लो रेस्टुरेन्ट’ अहिले दुबईको चर्चित गन्तव्य बन्दै गएको छ। नेपाली मौलिक खाना, आत्मीय सेवा र संस्कृति झल्किने वातावरणका कारण नाङ्लो रेस्टुरेन्ट छोटो समयमै सामाजिक सञ्जालमा समेत भाइरल हुन थालेको छ।
दाल–भात–तरकारीदेखि मःमः, थकाली सेट, सेकुवा , गुन्द्रुक, ढिँडो लगायतका परिकारले नाङ्लो रेस्टुरेन्टलाई नेपाली मात्र नभई विदेशी ग्राहकहरूको समेत रोजाइ बनाएको छ। “खाना खाँदा नेपालकै गाउँ–घरको सम्झना आयो,” भन्ने प्रतिक्रिया ग्राहकहरू सामाजिक सञ्जालमा खुलेर व्यक्त गरिरहेका छन्।
रेस्टुरेन्ट व्यवस्थापनका अनुसार प्रवासमा रहे पनि नेपाली पहिचान, संस्कृति र स्वाद जोगाउने उद्देश्य ले नाङ्लो सञ्चालनमा ल्याइएको हो। नेपाली कला, संगीत र सजावटले सुसज्जित रेस्टुरेन्टले ग्राहकलाई नेपालमै पुगेको अनुभूति गराउँछ।
नाङ्लो रेस्टुरेन्ट केवल खानाको ठाउँ मात्र नभई प्रवासी नेपालीहरूको भेटघाट र आत्मीयताको केन्द्र समेत बन्दै गएको छ। विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको यस रेस्टुरेन्टले नेपाली समुदायसँगको सम्बन्धलाई अझ बलियो बनाएको छ।
दुबई जस्तो अन्तर्राष्ट्रिय शहरमा नेपाली स्वादलाई विश्वसामु चिनाउन सफल नाङ्लो रेस्टुरेन्ट आगामी दिनमा सेवा विस्तार गर्ने तयारीमा रहेको जनाएको छ। नेपाली स्वाद मन पराउने जो–कोहीका लागि नाङ्लो रेस्टुरेन्ट अहिले “मस्ट भिजिट” गन्तव्य बन्दै गएको छ।

Full menu click below 👇
8f8288_569d852123344d449354c498344593f0-1






