कुमाल समाज युएईद्वारा प्रथम माघे संक्रान्ति पर्व कार्यक्रम सम्पन्न

प्रवास दुबई, यूएई— कुमाल समाज युएईले १३ जनवरी २०२६ मा आफ्नो प्रथम माघे संक्रान्ति पर्व सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ। कार्यक्रममा कुमाल भाषा, कला र संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रमको मूल नारा “हाम्रो संस्कृति हाम्रो शान, कुमाल जाती हाम्रो पहिचान” रहेको थियो। कार्यक्रममार्फत प्रवासी कुमाल समुदायले आफ्नो मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कुमाल समाज युएईका निबर्तमान महासचिव जोनु कुमालले माघे पर्वको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे चर्चा गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए। प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागीरथी कुमार भगतले कम संख्यामा भएता पनि कुमाल समाजले निरन्तर आफ्नो भाषा, कला र संस्कृतिको संरक्षणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो।

received 1633769841225322

कार्यक्रममा नेफिन युएईका मिस्टर किशन लाल चौधरी लगायत स्थानीय कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको सफलतापूर्वक सञ्चालनमा विभिन्न संघ संस्था र संरक्षकहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा कुमाल समाज युएईको कार्यसमितिमा सास्कृतिक विभाग प्रमुख अनिश्मा कुमाल र सदस्यहरू कुसुम कुमाल, सन्त बहादुर कुमाल, बिष्णु कुमाल, सृजना कुमाल र मनिषा कुमाल निर्बाचित भएका छन्।

received 1418984173140716

कार्यक्रम अध्यक्ष राजु कुमालको नेतृत्वमा सम्पन्न भएको थियो र कुमाल समुदायले आफ्नो कला, भाषा, धर्म तथा परम्परालाई संरक्षण गर्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Related posts