असहाय विद्यार्थीलाई सघाउन चार लाखको अक्षयकोष स्थापना

तनहुँ । असहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ ।शुक्रबार आयोजित विद्यालयको ९९औँ वार्षिक साधारणसभाले अक्षयकोष स्थापना गरेको हो ।

पूर्वसांसद रणेन्द्र बरालीले आफ्ना स्वर्गीय मातापिता झिमलाल र अमृता बरालीका नाममा प्रदान गरेकाे रु दुई लाखबाट अक्षयकोष स्थापना गरिएको हो ।यसैगरी, स्वर्गीय बुद्धि श्रेष्ठ र पूर्णमान श्रेष्ठको सम्झनामा उनीहरुका जेठा छोरा टङ्कनारायण श्रेष्ठले रु दुई लाख दुई हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

सोही विद्यालयका पूर्व विद्यार्थी डम्बर बराइलीले रु ४० हजार बराबरको २० थान मेच खरिद गरिदिएका छन्  ।अर्का पूर्वविद्यार्थी नरजुन बरालीले बरालीले दलित तथा असहाय दुई जना छात्रछात्रालाई जनही रु १० हजार ५०० सहयोग प्रदान गरेका छन् ।

 
 

Related posts