वीरगञ्जमा तस्कर समूह र सशस्त्र प्रहरी बीच झडप हुदा सशस्त्रका गाडी तोडफोड

वीरगञ्ज, माघ २६ । पर्साको वीरगञ्जमा तस्कर समूहद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा झडप परेका छन । वीरगञ्जस्थित आदर्शनगरमा तस्करीले सामान भण्डारण गरिरहेको सूचनाका आधारमा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले संगठित रूपमा आक्रमण गरेको हो।

तस्करले ट्रान्सपोर्टमा सामान भण्डारण गर्ने क्रममा सशस्त्र प्रहरी सामान बरामद गर्न खोज्दा तस्करका मुख्य नाइकेहरूले आफ्नो समूह परिचालन गरी सशस्त्र प्रहरीको सवारी साधनमाथि अन्धाधुन्ध ढुंगा-मुढा प्रहार गरी तोडफोड गरेका छन ।

तोडफोडबाट गाडीका सिसाहरू फुटेका छन् भने केही सुरक्षाकर्मीसमेत घाइते भएका छन्। तस्करी धन्दालाई संरक्षण गर्न फौज नै खडा गरेर सुरक्षाकर्मीमाथि नै जाइ लाग्ने यस्तो घटनाले नेपालका सीमा क्षेत्रमा सुरक्षा चुनौती र तस्करहरूको मनोबल कति बढेको छ भन्ने प्रष्ट पारेको छ ।

Related posts