काठमाडौ । सहकारीको पैसा चोरी गरेको आरोपमा पक्राउ परि हिरासतमै मृत्यु भएको बाह्रबिसे न.पा. ७ का बसेला तामाङको शब बिगत पाँच दिनदेखि पोष्टमार्टमको लागि भनि अस्पतालको शब घरमा राखिएको थियो । आज टिचिङ अस्पतालमा उनको शबलाई पोष्ट मार्टम गरिएको छ ।
दिउँसो करिब एक बजेबाट सुरु गरेर करिब पाँच बजेसम्म पोष्टमार्टम गरिसकेपछि स्वास्थकर्मिहरुको समुहले मौखिक केहि रिपोर्ट दिएका छन् । भने बाँकी लिखित रिपोर्ट भने सम्पुर्ण जाँच सकिसकेपछि मात्र आउने बताएका छन् ।
पोष्टमार्टम गरिसकेपछि तामाङको शबलाई अहिले अस्पतालको शब घरमा नै राखिएको छ । स्वास्थकर्मीहरुको मौखिक रिपोर्ट अनुसार उनको शरिरमा देखिएको चोट लडेर वा कतै ठोक्किएर भएको होइन । बाँकी रिपोर्ट आएपछि थाहा हुने स्रोतले बताए ।






