रास्वपा सुस्ता गाउँपालिका उपसभापतिले गुप्तसेन ठकुरी छाडे पार्टी

नवलपरासी, फागुन ९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पार्टी परित्याग गरेका छन् ।

पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले रास्वपाका जिल्ला सभापतिलाई लेखिएको राजीनामा पत्रमा पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् ।

‘आजको मितिसम्म आइपुग्दा पार्टीको भनाइ र गराइमा पारदर्शीता नदेखिएको र अवसरवादीहरूको चंगुलमा पार्टी फस्दै गएको महसुस भएको हुँदा म यस सुस्ता गापाको उपसभापति तथा साधारण सदस्यसमेत नरहने गरी आजैका मितिबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ ठकुरीले पत्रमा लेखेका छन् ।

Related posts