रौतहटमा भोलि सद्भाव र्‍यालीको तयारी

रौतहट । रौतहट सदरमुकाम गौरमा बिहीबारदेखि स्थानीय दुई समुदायबीच उत्पन्न असहज अवस्था समाधानका लागि भोलि बिहान सद्भाव र्‍याली निकाल्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शान्तिपूर्ण वातावरण कायम गर्न सार्वजनिक अपिल गरेको छ ।

भोलि बिहानको र्‍यालीमा धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने तयारी छ । बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा विवादको क्रममा भएका घटनाहरूप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने, सबगढा गाउँमा भएको विवाद समाधान गर्न सहयोगी हुने दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरूको उपस्थित गराई जिल्ला सुरक्षा समितिले औपचारिक/अनौपचारिक छलफल वा बैठक गरी समस्या समाधानका लागि पहल गर्ने भनिएको छ ।

Related posts