सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी राष्ट्रिय मुक्ति पार्टी नेपालका सुनसरी क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार सन्तोष मेहता यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो बिजयी हासिल गनको लागि आफ्नो क्षेत्रको बस्तिमा रहेका मतदाताहरु संग मेहताले भोटको अपिल गर्दै आएका छन् अहिले घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्।
उम्मेदवार मेहताले क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र प्रतिबद्धताहरू सार्वजनिक गरिरहेका छन्। उनले शिक्षा, स्वास्थ् रोजगारी कृषि विकास तथा पूर्वाधार विस्तारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन्। घरदैलो अभियानका क्रममा मतदाताहरूले स्थानीय समस्या, विकास निर्माण, सडक, खानेपानी तथा युवाहरूको रोजगारीका विषयमा ध्यानाकर्षण गराएका छन्। मेहताले जनताको सुझावलाई आत्मसात गर्दै क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्।
उनका समर्थकहरूका अनुसार अभियानमा जनसहभागिता उत्साहजनक देखिएको छ भने मतदाताहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मेहताले अभियानलाई थप तीव्र बनाउने बताएका छन्।


