रौतहटको सदरमुकाममा कर्फ्यु हट्यो

कर्फ्यु हटाइएको समयमा कुनै पनि धार्मिक, जातीय वा सामाजिक एकता भड्काउने कुनै पनि भेला, जुलुस तथा प्रदर्शन नगर्न प्रजिअ भुसालले आग्रह गरेका छन्। प्रजिअ भुसालले दिउँसो १० बजेपछिको अवस्था विश्लेषणको आधारमा थप निर्णय लिने बताएका छन्।

यसैगरी दुई समुदायबिच विगत चार दिनदेखि जारी द्वन्द्व समाप्तका लागि सद्भाव र्‍याली निकालिने बुझिएको छ। बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा गौर नगरपालिकाको सबगढामा एकता र शान्तिका लागि दुवै समुदायका अगुवाहरू मिलेर सद्भाव र्‍याली निकाल्न लागेको बुझिएको छ।

Related posts