संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा भूकम्पको धक्का

काठमाडौँ । संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

बिहान ३ बजेर १८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहानैको समयमा अधिकांश मानिस सुतिरहेका बेला धक्का महसुस भएपछि स्थानीयवासी आत्तिँदै घरबाहिर निस्किएका थिए।

प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन।

Related posts