नवयुवाको आकांक्षा सम्बोधन गर्न नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा

काठमाडौँ, फागुन १६। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरुको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने जिकिर गर्नुभएको छ ।

शनिवार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा विजयी हुनुको विकल्प नभएको बताउनु भयो । उहाँले रोल्पाले जनयुद्धमा खेलेको भूमिकाका कै कारण मुलुकमा संघीयतासहितको गणतन्त्र आएको पनि बताउनु भयो ।

नेता महराले मुलुकलाई समृद्ध बनाउने काममा आफूहरुले नेतृत्वदायी भुमिका निर्वाह गरेको पनि बताउनु भयो । 

Related posts