भक्तपुर १ मा नेमकिपा पराजित, रास्वपाका रन्जितको जित

काठमाडौं, फागुन २३। भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पराजित भएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले जित हासिल गरेका छन्।

उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्। प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४८ सालदेखि नै नेमकिपाले जित्दै आएको थियो।

Related posts