काठमाडौँ,चैत ९। पश्चिम एशियामा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ सुरक्षा चेतावनी जारी गरेको छ।
अमेरिकी विदेश विभागले सामाजिक सञ्जाल एक्स मार्फत एक विशेष सूचना सार्वजनिक गर्दै विश्वभर र विशेषगरी पश्चिम एशियामा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको हो।
अमेरिकी सुरक्षा अधिकारीहरूले इरान समर्थित समूहहरूले विदेशमा रहेका अमेरिकी नागरिक र अमेरिकी स्वार्थसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्ने सम्भावना औंल्याएको समाचारमा उल्लेख छ ।






