कार्की आयोगको प्रतिवेदनप्रति पत्रकार महासंघको गम्भीर आपत्ति

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको आयोगले २०८२ भदौ २३ र २४ गतेका घटनाबारे तयार पारेको प्रतिवेदनमा पत्रकारिता सम्बन्धी क्षेत्राधिकार नाघेका प्रावधान समेटिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघले प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्मविपरीत हचुवाका आधारमा राखिएका सुझाव आपत्तिजनक रहेको ठहर गरेको छ। पत्रकार हुन स्नातक अनिवार्य र १५ वर्ष अनुभव आवश्यक पर्ने जस्ता प्रस्तावहरू लोकतन्त्रले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताविपरीत रहेको महासंघको भनाइ छ।

साथै, संविधान र विद्यमान कानुनी व्यवस्था विपरीत गरिएका टिप्पणीप्रति असहमति जनाउँदै महासंघले यस्तो प्रतिवेदन प्रतिशोधपूर्ण देखिएको आरोप लगाएको छ। महासंघले पत्रकारहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

 
656090940 1246479627647995 392579923625163490 n

 

 

 

Related posts