काठमाडौं, चैत ३०। बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।
उनले वार्षिक करिब १६ करोड रुपैयाँ बराबरको छुट यात्रुहरूलाई उपलब्ध गराएको बताए । क्यास डिस्काउनको पनि प्रक्रियामा रहेको उनले बताए ।उनले १ लाख ८५ हजार रोयल क्लब सदस्य रहेको उल्लेख गरे । बुद्ध एयरसँग रोयल क्लब मेम्बर आत्मिय सम्बन्ध रहेको उनले उल्लेख गरे । न्यूज बैंक






