अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुङ्गा पल्टिँदा डुङ्गा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सीमा नाका तत्काल बन्द गर्न सीसीएमसीको सिफारिस
२०७८ बैशाख १८ | बिहान ०६:०१ बजे
तोरीले पहेँलपुर नवलपरासीका फाँट
२०८१ मंसिर २४ | मध्यान्ह ०६:०८ बजे
स्पेनमा आठ घण्टामा भयो एक वर्षको वर्षा, बाढीबाट मृतकको संख्या २०० नाघ्यो
२०८१ कार्तिक १७ | बिहान ०५:०७ बजे


