अमेरिका–इरान वार्ता अर्को साता हुन सक्ने दाबी

काठमाडौँ । अमेरिका र इरानबिच वार्ता आउँदो शुक्रबारअघि नै हुन सक्ने पाकिस्तानका दुई सुरक्षा स्रोतहरूले बताएका छन् । यी स्रोतहरूले कतारको अल जजिरासँग नाम नखुलाउने शर्तमा कुरा गर्दै सम्भावित वार्ताका सङ्केत दिने केही गतिविधिहरू उल्लेख गरेका छन्।उनीहरूका अनुसार दुई वटा अमेरिकी भारी एयरलिफ्ट विमान सी १७ ग्लोबमाष्टर्स नुर खान हवाई शिविरमा अवतरण गरेका छन् । यो शिविर राजधानी इस्लामावाद नजिकै पर्छ ।

दोस्रो विमानस्थलदेखि इस्लामावादको “रेड जोन” क्षेत्रसम्मका सडकहरू अस्थायी रूपमा बन्द गरिएको छ, जसलाई उच्च सुरक्षा तयारीको सङ्केत मानिएको छ । 

तेस्रो इस्लामावादका प्रमुख होटेलहरू सेरेना होटल इस्लामावाद र इस्लामावाद मेरियट होटलबाट पाहुनाहरू हटाइएको छ र शुक्रबारसम्म नयाँ बुकिङ रोकिएको बताइएको छ । यसअघि पहिलो चरणको अमेरिका–इरान वार्ता सेरेना होटल इस्लामावादमा अप्रिल ११ मा सम्पन्न भएको थियो। 

Related posts