काठमाडौँ,वैशाख ८। पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ ।विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

भूमि अध्यादेश हराएको छैन, निर्धारित समयभित्रै पारित हुन्छ: संचारमन्त्री गुरुङ
२०८१ फाल्गुन २३ | मध्यान्ह ०१:११ बजे
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा
२०८२ फाल्गुन २ | मध्यान्ह ०४:११ बजे
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि
२०८२ मंसिर १ | बिहान ०९:०८ बजे


