काठमाडौँ । अन्तर्राष्ट्रिय शिपिङ क्षेत्रको एक प्रमुख संस्था इन्टरनेशनल चेम्बर अफ शिपिङ (आईसीएस)ले अमेरिका र इरानबिच प्रतिशोधात्मक रूपमा व्यापारिक जहाज कब्जा गर्ने कदमको कडा निन्दा गरेको छ ।
संस्थाले दुवै देशलाई तुरुन्तै जहाजका चालक दललाई रिहा गर्न माग गरेको छ ।समुद्री कामदारहरूलाई कुनै पनि डर वा हस्तक्षेप बिना स्वतन्त्र रूपमा आफ्नो व्यवसाय गर्न दिनु पर्ने बताउँदै आईसीएका समुद्री निर्देशक जोन स्टपर्टले अल जजिरासँगको कुराकानीमा यो घटनालाई अन्तर्राष्ट्रिय कानुनमा रहेको नौसञ्चालन स्वतन्त्रताको उल्लङ्घन भनेका छन् ।
इरानले स्ट्रेट अफ हर्मुज ठप्प पारेको छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दीले ढुवानी कम्पनीहरूमा थप अनिश्चितता ल्याएको छ ।अवस्था कस्तो छ भन्ने थाहा नभएको अनि इरानले कस्ता कस्ता जहाजलाई निशाना बनाइरहेको छ भन्ने पनि थाहा नभएको पनि उनले बताए ।






