सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति

काठमाडौं, वैशाख १५। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् ।आज सामाजिक सञ्जालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।

उनले लेखेका छन्, ‘विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिएर जनताको बासस्थान भत्काउने र बेघर बनाउने कृत्यलाई कुनै पनि हालतमा पुष्टी गर्न सकिन्न र पुष्टी गर्नु हुँदैन !’

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष हर्कले वर्तमान सामाजिक र राजनीतिक सन्दर्भमा जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याए ।उनले भने, ‘अरूलाई घाउ लाग्दा आफूलाई दुख्नु र सहयोगको भावना प्रकट गरी सकेको सहयोग र संघर्ष गर्नु नै हर्कवाद हो ।’ न्यूज बैंक

Related posts