होमुर्ज जलमार्गमा हुने बेलायत र फ्रान्सको संयुक्त अभियानमा अष्ट्रेलिया सहभागी हुने

काठमाडाैँ । पश्चिम एसियामा जारी तनावको बीचमा स्ट्रेट अफ होर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा सुरु भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई समर्थन गर्न अष्ट्रेलिया तयार रहेको बताइएको छ ।

बुधबार रक्षामन्त्री रिचर्ड मार्लेसले विज्ञप्ति मार्फत अष्ट्रेलियाले आगामी वेजेट पछि निगरानीका लागि विमान योगदान गर्ने जनाएका छन् । मार्लेसले ४० वटा भन्दा बढी देशका रक्षामन्त्रीहरूसँग भएको बैठक पछि यस्तो घोषणा गरेका हुन्, जहाँ सहभागीहरूले होर्मुज जलमार्ग मार्फत हुने ढुवानी स्वतन्त्रताको लागि समर्थनको पुष्टि गरेका छन् ।बहुराष्ट्रिय सैन्य अभियान अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाका लागि ठोस प्रतिबद्धता प्रदर्शन गर्दै जारी कूटनीतिक संलग्नता र सम्झौता प्रयासहरूलाई पूरक बनाउन तयार गरिएको उनले बताएका छन् ।

यो द्वन्द्व जति लामो समय सम्म चल्छ अष्ट्रेलियामा त्यति नै महत्त्वपूर्ण प्रभाव पर्ने चेतावनी दिँदै उनले अष्ट्रेलिया सरकारले यी प्रयासहरूलाई समर्थन गर्न आफ्ना साझेदारहरूसँग सहकार्य जारी राख्ने बताएका छन् ।

Related posts