अत्यधिक गर्मी बढेसंगै कपिलवस्तुमा तीन दिन विद्यालय बिदा

कपिलवस्तु । अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । कपिलवस्तु नगरपालिकाले एक सूचना जारी गर्दै जेठ २५ देखि २७ जेठसम्म विद्यालयमा गर्मी बिदा दिएको हो। तराईमा एक साता यता प्रचण्ड गर्मी बढेका कारण जिल्लामा जनजीवन प्रभावित हुँदै आएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा हो ।

गर्मीका कारण विद्यालयका शिक्षण सिकाई क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाहरूको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदा दिइएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले नवलपरासी टुडेलाई बताए।

Related posts