काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई- २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’मा मानवअधिकार समितिले गर्यो अवलोकन
२०८३ बैशाख २७ | बिहान ०९:०१ बजे
प्रहरी निरीक्षक वीर बहादुर सुनार सम्मानित
२०८१ भदौ १८ | बिहान ०८:०५ बजे
तनहुँको मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने
२०८२ असार २१ | बिहान १०:०३ बजे


