काठमाडौँ, असार २। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन चलाउने १४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति
२०७८ अशोज २३ | मध्यान्ह ०४:०६ बजे
भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री
२०८१ माघ १० | बिहान ११:१० बजे
बर्दघाटमा चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु
२०८० अशोज ८ | मध्यान्ह ०४:०६ बजे


