वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिग्गज अमेरिकी प्रविधि कम्पनीहरूमाथि ‘डिजिटल सर्भिस ट्याक्स’ (डिजिटल सेवा कर) लगाउने सबै युरोपेली देशहरूविरुद्ध कडा कदम चाल्ने धम्की दिएका छन्। उनले त्यस्ता कर लागू गर्ने देशहरूबाट अमेरिका आयात हुने सम्पूर्ण सामानमा १०० प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका हुन्।
ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘कृपया मेरो यस बयानलाई यसरी बुझियोस् कि यस्तो कर लगाउने जुनसुकै देशले तत्कालै अमेरिका पठाइने आफ्ना सम्पूर्ण सामानमा १०० प्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ।’






