डेढ करोडको बजेटमै विकासको नमुना: वडा नं. १ का वडाध्यक्ष पियार मल्लको कामले नगर प्रमुखलाई पछाडि पार्दै नगरभरि चर्चा

मुगु । छायानाथ रारा नगरपालिका वडा नं. १ का वडाध्यक्ष पियार मल्ल ले पाँच वर्षसम्म केही टोल वा गाउँ हिलोमुक्त बनाउने उद्देश्यका साथ काम द्रुत गतिमा अगाडि बढेको छ। बजेटमा उल्लेखनीय विकास निर्माणका काम गर्दै स्थानीयवासीको प्रशंसा बटुलिरहेका छन्। करिब डेढ करोड रुपैयाँको बजेट व्यवस्थापन गर्दै वडाध्यक्ष मल्लले छतेलबाडादेखि भाडेकोट विद्यालयसम्म तथा बस्तीभित्रका विभिन्न सडकलाई हिलोमुक्त बनाउने कार्य सम्पन्न गरेका छन् र केही कार्य हुँदैछन्।

वर्षौंदेखि वर्षायाममा हिलोका कारण आवतजावतमा सास्ती भोग्दै आएका स्थानीय अहिले सहज रूपमा हिँडडुल गर्न पाएका छन्। स्थानीयका अनुसार वडाध्यक्ष मल्ल को कार्यालयमै जनताको घरदैलोमा पुगेर समस्या बुझ्ने, आवश्यकताको पहिचान गर्ने र त्यसअनुसार विकास योजना अघि बढाउने शैलीका कारण लोकप्रिय बन्दै गएका छन्।

सीमित स्रोत–साधनका बाबजुद प्रभावकारी रूपमा विकासका काम अघि बढाएको भन्दै वडा नं. १ लाई नगरभित्र विकासमा अग्रता लिएको वडा का रूपमा हेरिन थाले को युवा समाजसेवी विवेश परियारको भनाइ छ र यसरी नै सबै वडाले जनताले भनेको काम गर्दै जाने हुन् भने विकास हुन त्यति ढिलो हुँदैन।।

Related posts