दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु । वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा प्रतिष्ठानका निर्देशक अरुण कुमार पाण्डेयले प्राविधिक शिक्षा मुलुकको समृद्धिको मेरुदण्ड भएको बताउँदै दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान दृढ रहेको बताए। कपिलवस्तु अस्पतालका अध्यक्ष श्याम प्रजापति र प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले स्वास्थ्य क्षेत्रमा प्राविधिक शिक्षाको महत्वबारे प्रकाश पारेका थिए ।

शिक्षकद्वय विरेन्द्र गुप्ता र बिक्रम घिमिरेले प्रतिष्ठानको शैक्षिक उत्कृष्टतामा जोड दिएको कार्यक्रममा यदु पौडेलले अभिमुखिकरण गरेका थिए । लेखा प्रमुख नन्दराम पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा दैलेख टेक्निकल स्कुल व्यवस्थापन समितिका सदस्य चक्र बहादुर चन्द, अभिभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो।

यसैबीच प्रतिष्ठान प्रशासनले ल्याव टेक्निसियनमा केही सिट खाली रहेको जनाउँदै इच्छुकलाई सम्पर्क गर्न आग्रह गरेको छ । प्रतिष्ठानमा एच.ए., फार्मेसी, ल्याव टेक्निसियन, फिजियोथेरापी र अमिन विषयको पढाइ हुँदै आएको छ।

Related posts