जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिए। कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान ३ः०० बजेदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

कृष्णनगर भन्सार कार्यालयका कर्मचारीद्वारा मदिरा चोरी
२०८० माघ १९ | मध्यान्ह ०७:१० बजे
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
२०८२ फाल्गुन ११ | मध्यान्ह १२:११ बजे
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
२०८३ साउन ११ | मध्यान्ह ०३:०४ बजे


