सिरियास्थित अमेरिकी फौजलाई निशाना बनाएको इरानको दाबी

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले सिरियाको अल–तान्फ क्षेत्रमा रहेका अमेरिकी फौजलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार आईआरजीसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा इरानको इरानशहर क्षेत्रमा अमेरिकाले गरेको घातक आक्रमणको प्रतिशोधस्वरूप उक्त कारबाही गरिएको जनाएको छ।

यद्यपि सीएनएनले यस दाबीको स्वतन्त्र रूपमा पुष्टि नभएको जनाएको छ। अमेरिकी सेनाले भने फेब्रुअरीमै एक दशकभन्दा बढी समयदेखि प्रयोग गर्दै आएको रणनीतिक अल–तान्फ सैन्य अड्डा खाली गरिसकेको थियो।

सिरियामा आफ्नो सैन्य उपस्थिति घटाउने नीतिअनुसार उक्त अड्डाबाट सेना फिर्ता गरिएको अमेरिकी केन्द्रीय कमान्डले त्यसबेला जनाएको थियो ।

आईआरजीसीले विज्ञप्तिमा स्ट्रेट अफ होर्मुजमा अमेरिकी गतिविधि जारी रहेसम्म त्यस क्षेत्रबाट तेल र ग्यासको एक थोपा पनि निर्यात हुन नदिने चेतावनी पनि दिएको छ।

Related posts