कोशी ब्यारेज अपडेट: पानीको बहाव २ लाख १५ हजार १३५ क्युसेक, खतरा तहमा

सुनसरी। सप्तरीसँग जोडिएको सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढिरहेको छ। पछिल्लो अपडेटअनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख १५ हजार १३५ क्युसेक पुगेको छ र बढ्दो (Rising) क्रममा रहेको छ।

हाल नदीको अवस्था खतरा तह (Danger) मा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले आगामी केही घण्टासम्म पानीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।

Related posts