काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ ।
रुपन्देहीका ३, काठमाडौं, ललितपुर र पाल्पाका २/२ जना, झापा, सिन्धुपाल्चोक, धादिङ र भक्तपुरका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।






