सिरहाको लहानबाट पेस्तोलसहित तीन जना पक्राउ

सिरहा। सिरहाको लहान नगरपालिका- २२, सलोखरीमा प्रहरीले म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको छ। प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले सबरजीत दासलाई शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पुरानो पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सबरजीतसहित गुरुदेव दास र संजय दाससमेत गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहा पठाइएको प्रहरीले जनाएको छ।

Related posts